काठमाडौं,
कात्तिक ६ ।
मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत सङ्गीतलाई निरन्तर माया गर्दै आईरहनुभएका निर्माता, कलाकार आलम खान अभिनित ‘सैईया धिरे धिरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
ओमप्रकाश रायको शब्द, भवानी साह ‘शोनी’को स्वर, पारस मणिको सङ्गीत रहेको भिडियोमा राजुराजदेव चौधरीको निर्देशन छ । समिता गिगी र आलम खान अभिनित भिडियो छिन्नमस्त फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।






