पेशल आचार्य
काठमाडौं,
असोज २४ ।
आत्मिक आनन्दका लागि
जे तिमी गर
त्यो तिम्रा लागि महान् कार्य हो
पूजा गर
मान मनितो गर
कसैलाई मद्दत गर
दुखीलाई भरपेट खुवाऊ
यात्रामा निक्ल
पार्टी पौवा बनाऊ
चौतारो चिन
निरक्षरलाई साक्षर बनाइदेऊ,
जे जसरी भएनि
तिमीले कसैलाई
उज्यालो चाहिँ दिनुपर्छ
बाटो पक्कै देखाउनुपर्छ
यदि यसो भयो भने
तिमी ऊ मार्फत् बाँच्ने छौ
तिमी उसका सपनामा नाच्ने छौ
तिमी उसका विपनामा हाँस्ने छौ ।।






