मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं,
असोज २२ ।

मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको छ । सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिस अनुसार संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम मन्त्रीहरुलाई नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन्।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफूलाई कम मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद विस्तार धकेलिएको थियो। दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।

यी हुन् मन्त्री हुनेहरू

शेरबहादुर देउवा, प्रधानमन्त्री

बालकृष्ण खाँण, मन्त्री गृह

ज्ञानेन्द्रबहादुर कार्की, मन्त्री सञ्चार तथा सूचना प्रविधि

पम्फा भुसाल, मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ

राजेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन

विरोध खतिवडा, मन्त्री स्वास्थ्य तथा जनसंख्या

जनार्दन शर्मा, मन्त्री अर्थ

मीनेन्द्रप्रसाद रिजाल, मन्त्री रक्षा

उमाकान्त चौधरी, मन्त्री खानेपानी

नारायण खड्का, मन्त्री परराष्ट्र

रेनुकुमारी यादव, मन्त्री भौतिक पूर्वाधार तथा यातायात

प्रेमबहादुर आले, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

दिलेन्द्रप्रसाद बडू, मन्त्री कानुन, न्याय तथा संसदीय मामिला

देवेन्द्र पौडेल, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

महिन्द्र राय यादव, मन्त्री कृषि तथा पशुपन्छी विकास

उमा रेग्मी, मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

शशी श्रेष्ठ, मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

रामकुमारी झाँक्री, मन्त्री सहरी विकास

गजेन्द्रबहादुर हमाल, मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

रामसहाय प्रसाद यादव, मन्त्री वन तथा वातावरण

कृष्णकुमार श्रेष्ठ, मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

महेश्वरजंग गहतराज, मन्त्री युवा तथा खेलकुद

उमेश श्रेष्ठ, राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

भवानीप्रसाद खापुङ, राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या

बोधमायाकुमारी यादव, राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

यसमा तपाइको मत

अन्य समाचार