कविता : बचा भैरे बचा !

✍️ पेशल आचार्य
रामेछाप, मन्थली
भदौ २० ।

बचा भैरे बचा !
थुतुनो र मुतुनो बचा !
आफ्ना लागि बचा !
आफ्ना स्वास्नी र छोराछोरीका लागि बचा !
बाउ आमाका लागि बचा !
ठूला देशलाई
गाली गर्नुहुन्न भैरे
ठूला देशको गुलामी गर्नुपर्छ भैरे
सशस्त्र क्रान्तिका कुरा होइन भैरे
बरू साष्टङ्ग दण्डवत्का कुरा गर
मलामी, गुलामीर सलामीमा सामेल हो
वाद, प्रतिवाद, विवाद र सम्वाद गर्दै नगर
आफ्नु खाइन्पाइन् बचा
आफ्नो डिउटी गर
चुपचाप गर
डिउटीमा आइज
डिउटी बजा
घर जा
भात खा
राति श्रीमतिसँग सेक्स गरेर सुत
बिहान
चार सय ग्राम हग
तीन सय मिलिलिटर मुत
दुई सय मिलिलिटर जति चियाखा
छ सय ग्राम भात खाएर
अफिस जा
फेसबुक खोल
अलिक ति भर्‍चुअल मैयाँहरूसँग इत्तरी
खाजा खा
चिया खा
फेरि घर फर्की,

यी रिटायर्ड नहुन्जेलसम्म गरी राख
तर शत्रु राष्ट्रको विरोध नगर
तुइन काटिएर
सगोत्री नदी माझरे पनि चुँ सम्म नबोल
दादा गिरी देखाउने भैयाका हेलीहरू
स्वदेशी आकाशमा उडे पनि चुपलाग
जे जे छ त्यो त्यो सहने मात्र गर,

खत्रा छ
नबोल भैरे नबोल
बचा भैरे बचा
थुतुनो र मुतुनो बचा
पछि काम लाग्छन् ।।

यसमा तपाइको मत

अन्य समाचार