काठमाडौं,
भदौ १५ ।
गीतकार एवम् सञ्चारकर्मी शान्तिप्रियको तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक भएको छ । चित्रकार तथा सङ्गीतकार गायक ज्योति प्रकाशको सङ्गीत, दुर्गा परियारको स्वर, राजेन्द्र बजगाईंको एरेञ्ज र मनोज परियारको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शान्तिप्रियकै निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री एवम् मोडल अनामिका चौलागाई र नवमोडल झरना परियारलाई फिचरिङ गरिएको छ । भिडियो छायांकन गोविन्द अञ्जानले गर्नुभएको हो ।
भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गर्नुभएको छ भने नृत्य निर्देशन तथा सम्पादन राजीव बलामीले गर्नुभएको छ । गीतको भिडियो सिसि नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






