काठमाडौं,
भदौ ७ ।
डम्बर बिकेलको गीत ‘हे माइती राजा…’ सार्वजनिक भएको छ । रचना रिमालको स्वर र रिमेश कुमारको सङ्गीत तथा ओम सुनारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
चलचित्र निर्देशक नवल नेपालको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेलको अभिनय छ । मदानी मुभि एण्ड इन्टरटेन्मेन्टले उक्त भिडियो निर्माण गरेको हो ।
गीतमा एउटी नारीको वेदना, तीजको बेलामा समेत माइतीले गरेको अवहेलनालाई चित्रण गरिएको छ । भिडियोमा अभिनेत्री पोखरेलले एकल महिलाको भूमिकालाई कारुणीक शैलीमा निर्वाह गर्नुभएको छ । राम कुमार केसीद्वारा छायांकन गरिएको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।






