मनीषालाई कलाकार संघको मानार्थ सदस्य

काठमाडौं,
भदौ ३ ।

चलचित्र कलाकार संघले अभिनेत्री मनीषा कोइरालालाई मानार्थ सदस्यता प्रदान गर्ने भएको छ । साउन २९ गते बसेको कलाकार संघको बैठकले मनीषासहित विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई पनि सदस्यता प्रदान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी गराउनुभयो ।

नेपाली चलचित्र कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार यस्तो निर्णय गरिएको निरौलाले बताउनुभयो । निरौलाका अनुसार यसअघि पनि विभिन्न व्यक्तिहरूलाई मानार्थ सदस्यता दिइएको छ ।

गतवर्ष माननीय रामविर मनन्धर, माननीय कोमल वोली, नगर पालिका संघका अध्यक्ष अशोक व्याजु श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तीर्थ थापा, तत्कालीन बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदी (दुवसू)लाई संघको मानार्थ सदस्य प्रदान गरेको निरौलाले बताउनुभयो ।

चलचित्र क्षेत्रलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय जीवनमा महत्बपूर्ण योगदान पुर्‍याउनु भएका बिशिष्ट व्यक्तित्बहरूलाई संघको कार्यसमितिले मानार्थ सदस्य प्रदान गर्ने ब्यबस्था संघको बिधानले गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार