थप ३९ सय १५ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

काठमाडौं,
साउन २९ ।

शुक्रबार थप तीन हजार ९१५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ७०८ जनाको पिसिआर परीक्षणमा दुई हजार ७६३ र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख २८ हजार ५३२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर ३८ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा छन् भने तीन हजार २८० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै शुक्रबार दुई हजार ११८ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

शुक्रबार काठमाडौं उपत्याकामा एक हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७९९ जना, भक्तपुरमा १६३ जना र ललितपुरमा १२८जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार