नदी : दुई टुक्रा

✍️ सुदन डोटेल
काठमाडौं,
साउन २३ ।


नदी हरपल दौडी रहेछ
समुन्द्रलाई भेटाउन,
कस्तो बुझी नसक्नु,
पानीको प्यास
पानीले नै मेटाउन ।

सुनाउनु छ, शायद, नदीलाई
बगरले पिरतीमा
दिएको चोटको ब्यथा,
अनी ति रङ बदल्न
माहिर छेपराहरुको कथा ।

यसमा तपाइको मत

अन्य समाचार