प्रज्ञा-प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्धन कोष’ स्थापना गर्ने

काठमाडौं,
साउन २१ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्धन कोष’ स्थापना गर्ने भएको छ । दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्धन कोष’को स्थापना गर्ने भएको हो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्ररसंस्कृतिरदर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको दुई लाख रुपैयाँ रकम दर्शनशास्त्र विषयको अध्ययनरअनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पुर्‍याउने उद्देश्यले प्रज्ञा-प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले भन्नुभयो- ‘प्रा.डा. मिश्रले दिनुभएको उक्त दुई लाख रकमलाई बीज पुँजीका रूपमा जम्मा गरी प्रज्ञा-प्रतिष्ठानका तर्फबाट सो रकममा तीन लाख रुपैयाँ थप गरेर पाँच लाख रुपैयाँको ‘दर्शनशास्त्र प्रवर्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको छ ।’

यसमा तपाइको मत

अन्य समाचार