काठमाडौं,
असार २९ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिनुभएको छ । राष्ट्रपति भवन सितल निवासमा मंगलबार साँझ उहाँले सपथ लिनुभएको हो । साँझ ६ बजेका लागि तय भएको सपथ राति ८ बजेपछि बल्ल सपथ ग्रहण भएको हो ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको परमादेश अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति जारी गरेको थियो । संविधानको कुनै पनि धारा नटेकी विज्ञप्ति आएपछि विवाद भएको थियो ।
सपथको भाषा सच्याइएको भनिएपनि अहिलेसम्म राष्ट्रपति कार्यालयले भने अर्को विज्ञप्ति दिएको छैन ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको छ । उहाँहरूलाई शितल निवासमा राष्ट्रपतिले मन्त्रीहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।
गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री नियुक्त हुनुभएको छ।






