राजेशपायल राई र उर्मिला राईको स्वरमा ‘मायाको बोलीले’ (भिडियोसहित)

काठमाडौं,
असार ९ ।

लोकप्रिय गायक राजेशपायल राई र गायिका उर्मिला राईको स्वरमा रहेको गीत ‘मायाको बोलीले’ सार्वजनिक भएको छ । गीतकार टीका चाम्लिङको शब्द, सङ्गीतकार पदमराजन मगरको सङ्गीत, सङ्गीत संयोजन र मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतको स्टुडियो भिडियो सेवा रेकर्डिङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मायाप्रेमसँग सम्बन्धित गीत कर्णप्रिय रहेको छ । मनोज राईको छायांकन तथा सम्पादनमा भिडियो तयार भएको हो । गीतकार तथा निर्देशक जीवन मुकारुङ मायाको बोलीले बोलको गीतले सङ्गीतका पारखीहरूको आँत भरिने विश्वास व्यक्त गर्छन् ।

यसमा तपाइको मत

अन्य समाचार