काठमाडौं,
जेठ ३० ।
आइतबार थप दुई हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार देशभर गरिएको सात हजार ५१७ पिसिआर र चार हजार ८८९ जनाको एन्टीजेन परीक्षणका क्रममा दुई हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआरमा एक हजार ६९४ र एन्टीजेनमा ७१३ जनामा पोजिटिभ देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ६ लाख नौ हजार १८५ पुगेको छ ।
आइतबार थप तीन हजार ९९४ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार योसँगै हालसम्म पाँच लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन् ।
काठमाडौं उपत्यकामा आइतबार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना संक्रमण पुष्टि भएको हो ।
आइतबार थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्ट भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या आठ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।






