आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं,
जेठ १९ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मुलुकभर पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक बदली भएको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार सोही प्रभावले आज दिउँसो र राति प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार