काठमाडौं,
वैशाख २८ ।
मंगलबार थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन् ।
यस्तै थप पाँच हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिले २४ घण्टामा पाँच हजार २२५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालका कोरोना निको हुनेको संख्या तीन लाख १२ हजार १९ जना पुगेको छ । यो दर कुल संक्रमितको ७५ दशमलब ५ प्रतिशत हो ।
मंगलबार देशभर १३ सय भन्दा बढी कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार देशभर एक हजार ८४ जना आइसीयू र २९० जना संक्रमित भेन्टिलेटरमा गरी एक हजार ३७४ जना उपचाररत छन् ।
मंगलबार इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा २०, पाँचथरमा २, भोजपुरमा ३, मोरङमा ३५०, सुनसरीमा १७५, सोलुखुम्बुमा ७, धनुषामा १६५, पर्सा ११३, बारामा ३१, महोत्तरीमा ४१, रौतहटमा २८, सप्तरीमा १८, सर्लाहीमा २९, सिरहामा १५ काठमाडौंमा मात्र २ हजार ७ सय ८८, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८, सिन्धुलीमा ४७, कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वतमा १, मुस्ताङमा १, म्याग्दीमा ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १५, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्युठानमा १, बर्दियामा ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, रोल्पामा ४, कालिकोटमा २, जाजरकोटमा ७७, जुम्लामा ९, डोल्पामा १, दैलेखमा ६, रुकुम पश्चिमा ४८, सल्यानमा २१, सुर्खेतमा २६४, हुम्लामा १, अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डोटीमा २, बाजुरामा १, दार्चुलामा ३ र बझाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार एकैदिन २२५ जना संक्रमितको मृत्यु भएको छ । यो एकैदिन कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार योसँगै नेपालमा चार हजार ८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार १३९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।






