काठमाडौं,
वैशाख २३ ।
महानायक राजेश हमाल र करिश्मा मानन्धरलाई फिचरिङ गरिएको गीतको भिडियो ‘हल्काहल्का लजाएर’ सार्वजनिक भएको छ ।
चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रचना, सन्तोष श्रेष्ठको सङ्गीतमा अञ्जु पन्त र निशान भट्टराईको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा राजेश र करिश्माका साथै पल शाह र पूजा शर्माको पनि अभिनय छ । भिडियोमा हमाललाई एक होटलको कुक र पललाई वेटर साथै करिश्मा र पूजालाई ग्राहकको रुपमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन र श्यामस्वेत रसाईलीको अडियो सम्पादन छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडिमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ ।






