काठमाडौं,
माघ २६ ।
छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला पर्नुभएको छ । ३५ वर्षीय अधिकारीको शव आइतबार कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
अधिकारीले जय किसन बस्नेतको चलचित्र ‘धुम ४’लगायत थुप्रै गीतको भिडियो छायाँकन गर्नुभएको छ । सोमबार ११ बजे पोस्टमार्टम गरेर उहाँको शवलाई अन्त्येष्टिका लागि लमजुङ पठाइएको छ ।






