चैत २७ मा ‘कृष्ण-लीला’

काठमाडौ,
माघ २० ।

चलचित्र ‘कृष्ण-लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको हो ।

फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण-लीला’ दर्शकलाई नयाँ बर्षको कोसेलीस्वरुप चैत्र २७ गते प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुनुहुन्छ भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ हुनुहुन्छ ।

चलचित्रमा पुष्प खड्का कृष्ण र श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनयमा हुनुहुन्छ भने साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय छ । लक्ष्मण सुवेदीले लेखेको चलचित्रमा शिब ढकाल र बाबु श्रेष्ठको छायांकन छ । चलचित्रका गीतमा अर्जुन पोखरेलको सङ्गीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन्स डेलाई लक्षितगरी माघ ३० मा सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ । अञ्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर छन् । चलचित्र पूर्वी नेपालको पाँचथर, इलाम, झापालगायतका जिल्लाका बिभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार