दुर्गेश थापा र रियाशा दाहाल फिचर्ड ‘भट्टीवाली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस १२ ।

दुर्गेश थापा र रियाशा दाहाल फिचर्ड ‘भट्टीवाली’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रताप दासको स्वर र जगत तिरुवाको र्‍याप समावेश गीतमा शब्द रामकृष्ण महराको रहेको छ। यस गीतलाई सिद्धान्त परियारले सङ्गीतवद्ध गरेका हुन् । गीतमा नारायण दंगालको सङ्गीत संयोजन छ ।

गीतको भिडियोमा दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन छ । गोविन्दप्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार