काठाडौं,
पुस ८ ।
अञ्जली अधिकारी कृष्ण महिमा गाइएको भजनमा अभिनय गरेकी छन् । गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा उनले नृत्य गरेकी हुन् ।
भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । डा. भोला रिजालको शब्द रहेको भजनमा नरहरि प्रेमीले सङ्गीत भरेका छन् भने कमल सौरागको सङ्गीत संयोजन छ ।
भिडियोमा अञ्जलीसँगै राज खड्काको अभिनय देख्न सकिन्छ । राज खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।






