काठमाडौं,
मंसिर १० ।
बुधबार थप एक हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर तीन हजार १४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख सात हजार ९९८ पुगेको छ । पछिल्लो समय देशभर १६ हजार ६३९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो समय थप नौ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ । योसँगै १६ लाख ९० हजार ५०९ जनाको पिसिआर भएको भएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म ६६९ जना क्वारेन्टाइनमा छन् ।
१६ हजार ६३९ जना संक्रिय संक्रमित मध्ये १० हजार १८४ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा सात हजार ५२५जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा एक हजार २४७, प्रदेश २ मा २७७, लुम्बिनी प्रदेशमा २८४, सुदूरपश्चिम प्रदेशमा २२६, गण्डकी प्रदेशमा ६२० र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा छन् ।
बुधबारसम्म देशभर ४०८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३४५ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र तीन जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र आठ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ आइसियुमा, सुदुरपश्चिममा आठ आइसियु, गण्डकी प्रदेशमा ८६ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत छन् । यसअघि मंगलबार ४५०, सोमबार ४२८, आइतबार ४२५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए ।
बुधबार काठमाडौं उपत्यकामा ३५० पुरुष र ४८५ महिला गरी ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै उपत्यकामा एक लाख पाँच हजार ५१७ जना व्यक्ति संक्रमित भएका छन् ।
यस्तै बुधबार इलाममा १९, उदयपुरमा आठ, ओखलढुंगामा एक, खोटाङमा दुई, झापामा १९३, तेह्रथुममा दुई, धनकुटामा एक, पाँचथरमा सात, भोजपुरमा तीन, मोरङमा ७२, संखुवासभामा २८, सुनसरीमा ५३, धनुषामा ४६, पर्सामा तीन, बारामा तीन, महोत्तरीमा १३, सप्तरीमा १०, सर्लाहीमा आठ, सिरहामा २०, काभ्रेमा ३१, चितवनमा ८२, दोलखामा चार, धादिङमा तीन, नुवाकोटमा पाँच, मकवानपुरमा ३७, रसुवामा एक, रामेछापमा तीन, सिन्धुलीमा चार, सिन्धुपाल्चोकमा आठ, कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासी पूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा तीन, लमजुङमा आठ, वागलुङमा १२, स्याङजामा १३, अर्घाखाँचीमा चार, कपिलवस्तुमा आठ, गुल्मीमा ३०, दाङमा ५१, नलवपरासीमा १७, पाल्पामा २५, प्यूठानमा आठ, बर्दियामा चार, बाँकेमा १७, रोल्पामा तीन, रुपन्देहीमा ४७, जुम्लामा दुई, अछाममा दुई, कञ्चनपुरमा एक, कैलालीमा तीन, डडेल्धरामा ६, डोटीमा दुई, दार्चुलामा १३, बाजुरामा चार र बैतडीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ३८९ पुगेको छ । यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो ।






