आज लक्ष्मीपूजा

काठमाडौं,
कार्तिक २९ ।

तिहार अन्तर्गत आज लक्ष्मीपूजा । आजको दिन घर घरमा धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गर्ने गरिन्छ । आजको दिन बिहानै गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ‘गौ माताको’ सेवा गर्ने गरिन्छ । यस्तै गाउँघरमा गाईको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । यस्तै साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ । आजको दिनमा राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रुपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास रहीआएको छ । घर आगन सबैतिर आज साँझ दीपबाल्ने चलन छ ।

सुख रात्री
आजको दिनलाई सुख रात्री पनि भनिन्छ, लक्ष्मीपूजालाई सुख रात्रीले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मीमाताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरूको पदचापहरू, यस सुखरात्री वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिन मध्य एक हो । कोरोना संक्रमणका कारण यो वर्ष भने देउसी भैलो खेल्न प्रतिवन्ध लगाइएको छ ।

नरक चतुर्दशी
बिहानै नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार