थप ३०५१ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

काठमाडौं,
कार्तिक २० ।

बिहीबार देशभर थप तीन हजार ५१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप तीन हजार ४३० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ४८ हजार ४०८ संक्रमण मुक्त भएका छन् । देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो समय देशभरका प्रयोगशालामा थप १३ हजार ६८ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा छन् भने एक हजार २३२ जना क्वारेन्टिनमा छन् । यस्तै ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने ४२८ जना आईसीयूमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा थप एक हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना संक्रमित भेटिएका हुन् । योसँगै संक्रमितको संख्या काठमाडौंमा ६८ हजार ४४९, भक्तपुरमा ६ हजार २३२ र ललितपुरमा नौ हजार ६६३ पुगेको छ ।

यस्तै बिहीबार इलाममा तीन, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा ११०, तेह्रथुममा तीन, धनकुटामा ११, भोजपुरमा एक, मोरङमा १२१, संखुवासभामा तीन, सुनसरीमा १०३, धुनषामा १८, पर्सामा १४, बारामा आठ, महोत्तरीमा तीन, रौतहटमा एक, सप्तरीमा १३, सर्लाहीमा १०, सिरहामा १२, काभ्रेमा ७२, चितवनमा ९९, दोलखामा तीन, धादिङमा आठ, नुवाकोटमा २८, मकवानपुरमा ६, रसुवामा दुई, रामेछापमा पाँच, सिन्धुलीमा तीन, सिन्धुपाल्चोकमा १०, कास्कीमा १२३, गोरखामा ११, तनहुँमा २३, नवलपरासी पूर्वमा ७२, पर्वतमा १४, म्याग्दीमा एक, लमजुङमा तीन, बाग्लुङमा सात, स्याङजामा २५, अर्घाखाँचीमा १०, कपिलवस्तुमा आठ, गुल्मीमा १७, दाङमा १२, नलवपरासीमा ३७, पाल्पामा ३१८, प्यूठानमा तीन, बर्दियामा १९, बाँकेमा ३१, रुपन्देहीमा १४२, सल्यानमा दुई, सुर्खेतमा तीन, अछाममा एक, कञ्चनपुरमा १६, कैलालीमा ५२, डोटीमा तीन, बझाङामा दुई, बाजुरामा एक र बैतडीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार