र्‍याप गीत ‘बाउन्स ब्याक’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन १६ ।

गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’ सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको सङ्गीत र सञ्जु सुनुवारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको ‘इस तलाई भोट’ बोलको र्‍याप गीतले पनि चर्चा कमाउन सफल भएको थियो । उक्त गीत चुनाव नजिकै रिलिज भएको र गीत जनताको पक्षमा भएकोले बिभिन्न ब्यक्तिबाट आफूलाई गीत हटाउन दवाब समेत आएको सविनको भनाई छ । तर, यस पटक भने आलोचनात्मक भन्दा पनि अलि फरक उर्जाशिल सृजना रहेको सर्जक भट्टराई बताउँछन् ।

आफ्नो पहिलेको गीतमा जस्तै ‘बाउन्स ब्याक’लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफू ढुक्क रहेको सविनले बताए । जीवन उपयोगी, उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्व भर फैलिएको कोरोना भाईरस (कोभिड-१९)ले निरास भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत सविनको भनाइ छ ।

२डी एनिमेसन तथा ग्राफिक्स डिजाईन द्वारा तयार गरिएको यस भिडियोको भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी,निर्देशन नारायण तिमल्सिना गोर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रा.लि.ले पोष्ट प्रोडक्सन तथा निर्माण गरेको छ । गीतको भिडियोलाई

यसमा तपाइको मत

अन्य समाचार