काठमाडौं,
असार २७ ।
निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत ‘यसपालिको तीज’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द रचना, र रिमेश कुमारको सङगीत र शाहज शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतलाई अशोक बिकले निर्देशन गरेका छन् । वीरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई रवीन बिकले सम्पादन तथा बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् । सार्वजनिक गीतको भिडियो गोर्खा चौतारी म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।






