सुस्मिता थापाको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धान

हेटौंडा,
असार ७ ।

हेटौंडा उपमहानगरपालिका-४ की २२ वर्षीया सुस्मिता थापाको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृतावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ । घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको हत्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । असार २ गते भान्सा कोठामा मृतावस्थामा शव फेला परेकी सुस्मिताको शव र घटनास्थल हेर्दा हत्या नै अनुमान गरिएको प्रहरीको भनाइ छ । तर, हालसम्म घटना रहस्यमय नै रहेको छ ।

मृतक थापाको टाउकोमा गम्भीर चोट, आँखा फुटाइएको र घाँटी, हातमा निलोडाम देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनामा सुस्मिताका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ । मृतककी ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउ माइती भएकी सुस्मिताको एक वर्षअघि हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भएको थियो । गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गए । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र, भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए । घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोक्कियो । लगत्तै घटनास्थलमै उनको ज्यान गएको थियो । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् ।

पतीको मृत्यु भएको ६ महिना पुग्दै थियो । ६ महिनाको ‘बराखी छ, के-के चढाउन पर्छ, बत्ति बाल्न पर्छ’ भनेर सुस्मितालाई हेटौंडाबाट बोलाए । सुस्मिता २ असारमा हेटौंडा आएकी थिइन । सोही दिन राति १२ बजेतिर सुस्मिताको ज्यान गयो ।

यसमा तपाइको मत

अन्य समाचार