कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं,
जेठ ३१ ।

कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाले शनिबारको नियमित प्रेस ब्रिफिङमा पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको जानकारी गराएका हुन् ।

मन्त्रालयका अनुसार पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब सङ्कलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ भने ९ सय १३ जनाले कोरोनालाई जितेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार