धुव्र लोहागनको ‘आइतबारे कोसेली’

  • धुव्र लोहागन
    सिक्किम

“बेहोसीमा”
सहलाई रहे उसको केश राशी
खेलाई रह्यो उसले मेरो क्याश राशी
म मस्त उसको रूपमा, मग्न केश सहलाउनमा
ऊ पूर्ण होशमा, म पूर्ण जोशमा
ऊ टाप लाएछ छाडी मलाई मेरो बेहोसीमा
धेरै बेर पछि मात्र म आएछु होशमा ।
————————————
“बिहानी हुने नै छ”
मुहारमा हाँसो छ मनमा डर छ
सबैसित शंका छ न कसैको भर छ
ईश्वरहरू मन्दिरमा बन्दी छन्
अन्जान छन् संसार त्रसित छ
मान्छेको जीवन बचाउन ईश्वरको रूपमा मान्छेहरू नै
लागिपरेका छन्,
अघिसरेका छन्
वैज्ञानिकहरू भ्याक्सिन आविष्कार गर्न व्यस्त छन्
मान्छेहरू त्रस्त छन् तर पनि आश्वस्त छन्
महामारी निर्मूल हुनेछ
बिहानी हुने नै छ।
**********”*”***********
“बर्बादी”
म आउँछु शितल पानी बनी
तिमी बनिदेऊ प्रिये गुलियो चिनी
घोलिऔँ हामी दुवै एउटै गिलासमा
पिउनेछन् अरूले नै त्यो मीठो सर्वत
तिमी बर्बाद अनि म पनि बर्बाद ।
————————————
“गरिखाउ अनि बाँचौं “
दोकान खुल्ला मकान खुल्ला
मुख नाक बन्द दुइ कान खुल्ला
कानमा आउँछ देश विदेशको हल्ला
कोरोना पीडितको संख्या बढ्यो ।
रेल कुद्यो, हावा जहाज उड्यो
मेरो मन डड्यो, मेरो होश उड्यो।

अब माय बडी माय विस
युअर बडी युअर विस ।

गरिखाऔं अनि बाँचौं
गरिखान दिऔँ अनि बचाउँ ।

यसमा तपाइको मत

अन्य समाचार