देशका धेरैजसो स्थानमा बदली भई पानी पर्ने सम्भावना

काठमाडौं,
वैशाख २३ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशका धेरैजसो स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशको पश्चिमी भू-भागका बिभिन्न स्थानमा पानी पर्ने समभावना रहेको छ ।

त्यस्तै आज दिउँसो देशको मध्य तथा पुर्वका केही स्थानमा बदली भई मेघगर्जन, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशको मध्य तथा पूर्वी भू-भागका बिभिन्न स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने र पश्चिमी भू-भागमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार