कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने घोषणा

काठमाडौं
चैत  ३ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का राष्ट्र र सरकार प्रमुखले कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने घोषणा गरेका छन् । विश्वव्यापी महामारीको स्वरूप लिएको भाइरसविरुद्ध आइतबार आठ देशले एकजुट भएर विश्वलाई नयाँ सन्देश दिएका हुन् ।

कन्फ्रेन्समा नेपाल, भारत, बांग्लादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्रपति/प्रधानमन्त्री सहभागी थिए । पाकिस्तानबाट भने स्वास्थ्यमन्त्री सहभागाी भए । सार्कका सदस्य राष्ट्रहरूले कोभिड-१९ को महामारीविरुद्ध जुध्न क्षेत्रीयस्तरको सक्रिय संयन्त्रको आवश्यकता औँल्याए । सार्कलाई पुनः सक्रिय बनाउनुपर्ने उपयुक्त समय आएको भन्दै उनीहरूले सार्क सचिवालय नै यस्ता छलफलको उपयुक्त प्लेटफर्म रहेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार