काठमाडौं,
मंसिर १९ ।
पञ्चेबाजाको गीत ‘हुनेवाली बुहारी’ सार्वजनिक भएको छ । रविन लामिछाने र सम्झना भण्डारीको स्वर, रविन लामिछाने को नै लय/शब्द र बिश्वास नेपालको सङ्गीत संयोजनरहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ ।
भिडियोमा प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन छ । गीतलाई चितवनका पत्रकार तथा पर्यटन व्यवशायी नवीन नेपालले निर्माण गरेका हुन् ।






