‘सेभेन क्यान्सर अर्गनाईजेशन’को ब्यानर सार्वजनिक

काठमाडौं,
मंसिर १७ ।

‘सेभेन क्यान्सर अर्गनाईजेशन’को ब्यानर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौ डल्लु स्थित शनशाईन इङ्गलिश बोडिङ स्कुल परिसरमा ‘हामी सक्छौ स्वास्थ्य सङ्गठन’ अन्र्तगतको ‘सेभेन क्यान्सर अर्गनाईजेशन’लेआयोजना गरेको कार्यक्रममा संस्थाका संयोजक रिना शाक्यको संयोजकत्वमा का.म.पा.का उपमेयर हरिप्रभा खड्गीबाट संस्थाको ब्यानर सार्वजनिक कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बिजयब्यान्जु श्रेष्ठ, महासचिव सन्तोष तिमिल्सीनालगायत बिभिन्न क्षेत्रका बिशेषज्ञहरुबाट विद्यालयका विद्यार्थीहरु र अन्य सहभागीहरु समक्ष नेपालमा क्यान्सर रोगको स्थ्तिि र सोको रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे आ–आफ्नो धारणा ब्यक्तगरेका थिए । साथै संस्थाको विकासको लागि योगदान गर्दै आउँनुभएका ब्यक्तित्वहरुलाई उपमेयरबाट उपहार र प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका संयोजक रिना शाक्यले उपस्थित सबैमा धन्यवाद ब्यक्त गरेकी थिइन । कार्यक्रममा कामपा १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल, डा. अरुणकुमार सिंह, डा. रामहरि श्रेष्ठ, डा. टी.पी. डवाडी डा. पुर्ण शाही, स्कुलका प्रिन्सिपल बाबुराम गौतमलगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार