काठमाडौं,
मंसिर ११ ।
पिम नेपाल फिल्म फेष्टिवल धनगढीमा हुने भएको छ । नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवम् लघुचलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१८ देखि पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले सुरु गरेको यो फेष्टिवल यसपाली धनगढीमा हुने भएको हो ।
विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत विभिन्न विषयसँग सम्वन्धित रहेर सचेतना, जानकारी एवम् प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
यस कार्यक्रमलाई यस वर्ष प्रदेश नं ७ को राजधानी धनगढीमा मिति २०७६ पौष२४, २५ र २६गते हुँदै छ । तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाली कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र को प्रदर्शनी समेत गरिने आयोजक समितिले जानकारी गराएको छ ।
महोत्सवमा नेपाली कथानक चलचित्रतर्फ हाँस्य र समाजिक गरी दुई विधाका लागी निर्देशक, लेखक, नायक/नायिकाको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार , सामाजिक उत्तरदायित्वलगायतका विषयमा प्रतिष्प्रध हुने जनाइएको छ । त्यस्तै लघु चलचित्रतर्फ निर्देशक र नायक/नायिकाको विधामा प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड प्रदान गरिने आयोजकले वताएको छ ।
फिल्म मेकर्सहरुलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र, वृत्तचित्र, लघुचलचित्र निर्माण गर्न प्रोत्साहन गर्दै पर्यटन वर्ष २०२० लाई भव्य रुपमा स्वागत गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ । कार्यक्रमको समापन २६ गते शनिवार धनगढी रङ्गशालामा एक साङ्गीतिक कर्यक्रममा बीचमा समापन गरिने भएको जसमा नेपालका ख्याति प्राप्त गायक/गायिका, नायक/नायिकाको समेत उपस्थिति रहने संस्थाका अध्यक्ष माधवराज खरेलले जानकारी ।






