‘प्रेम संसार’को ‘सुन सुन चम्पा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज ३० ।

चलचित्र ‘प्रेम संसार’को ‘सुन सुन चम्पा…’ गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर र अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दुई प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा मनमा के के छ नलुकाउन र मायाको सागर नसुकाउन आग्रह गरिएको छ भने मायालु आउने भए खर काटेर घर छाउने कुरा गरिएको छ ।

सार्वजनिक गीतको भिडियो नायक प्रेम सोनी गहतराज, कविता नेपाली र मानिका दहाललाई फिर्चड गरिएको छ । गीतको भिडियोमा कलाकारहरुलाई डान्सिङ मुडमा देख्न सकिन्छ । चलचित्रको यसअघि ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको थियो ।

चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यम बहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।

अर्जुन पोखरेल र बीबी अनुरागीको सङ्गीत रहेको चलचित्रमा एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी रहेको छ भने दीपेन्द्र बस्न्यातको छायाँकन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार