काठमाडौं,
असोज ६ ।
मनोज मिली र दिल कुमार श्रेष्ठको स्वरमा रहेको गीत ‘जता ततै चर्चा छ भक्तपुर’ सार्वजनिक भएको छ । मदन र राम खत्रीको शब्द तथा मनोज मिलिको सङ्गीत रहेको गीतको गीतको भिडियो सार्वजनिक भएको हो ।
मदन घिमिरेले निर्देशन गरेको गीतको भिडियोमा राज, बिनायक, सबिता र आस्था फिचरिङ गरिएको छ । राम खत्री निर्माता रहेको गीतको भिडियोलाई रविन बजगाइँले छायाँकन र अकिल बजगाइँको सम्पादन गरेका हुन् ।






