गान्तोक,
असोज ५ ।
लिम्बू चलचित्र थेत्लङको सिक्किमको गान्तोकमा प्रिमियर शो गरिएको छ । सो अवसरमा प्रमुख अतिथि भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन संसारभर पुर्याएकोमा खुशी व्यक्त गरेका छन् । ‘चलचित्र निर्माण गरेर जातिको मात्रै नभएर सिक्किमलाई चिनाउन मद्दत पुगेको छ, यसको लागि बधाइ दिन चाहन्छु ।’ सुब्बाले भने । थेत्लङको सिक्किमको गान्तोकस्थीत मेनन हलमा प्रदर्शन भएको हो । यसको अर्थ नेपालीमा ‘पैचो’ हुन्छ ।
सिक्किमका मुख्यमन्त्री माननीय पीएस गोलेको उपस्थितिमा प्रिमियर शोको उद्घाटन गर्ने कार्यक्रममा मुख्यमन्त्रीको अत्यन्त व्यस्तता रहेकोले आफू आउनु परेको बताउँदै मुख्यमन्त्रीको तर्फबाट माफी पनि मागेका थिए । कोहीसँग लडाइँ लडेर सिक्किमलाई बचाउन नसकिने कला संस्कृतिले बचाउन सकिने सांसद सुब्बाको धारणा थियो । यसका लागि कलाकारहरूले कतिपय स्वच्छन्द तरिकाले अगाडि गर्न त नसकेता पनि अहिले नयाँ सरकार बनेको र त्यस सरकारले सकरात्मक पहल गर्ने पनि बताए । सांसद सुब्बाले सिक्किम बाहिरबाट कलाकार तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै माया गरिरहन आग्रह पनि गरे ।
अतिथि तथा दर्शकहरूलाई स्वागत गर्दै चलचित्र प्रदर्शन समितिका अध्यक्ष सुशिला सुब्बाले अतिथीहरूप्रती विशेष धन्यवाद व्यक्त गरेकी थिइन् ।
चलचित्रका निर्माता तथा सङ्गीतकार मनि ताम्लिङले चलचित्रलाई वेस्ट सिक्किममा छायाँकन गरिएको जानकारी दिएका थिए । सिक्किमको रमणिय स्थललाई पर्यटकिय माध्यमबाट चिनाउन मद्दत पुगेको उनको स्वीकारोक्ति थियो ।
कार्यक्रममा चलचित्रमा अभिनय गर्ने कलाकार, सञ्चारकर्मी तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी प्रमुख अतिथिलाई चलचित्र निर्माणपक्षबाट स्मृती चिनो प्रदान गरेको थियो ।
चलचित्र देउमान होन्दोक लिम्बूले लेखेको उपन्यासमा आधारित हो । जसलाई सागर केरुङ पटकथा तथा सम्वाद लेखेका थिए ।
यस चलचित्रका सङ्गीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् ।
त्यसैगरी कलाकारहरू विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङलगायतका छन् ।






