मोहन निरौला उपाध्यक्ष मनोनीत

काठमाडौं,
साउन ५ ।

नेपाल चलचित्र कलाकार संघको उपाध्यक्षमा बरिष्ठ कलाकार मोहन निरौला मनोनीत हुनुभएको छ । उहाँलाई कलाकार संघको साउन तीन गते बसेको वैठकले उपाध्यक्षमा मनोनीत गरेको हो ।

संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको उक्त वैठकले कलाकार विशाल विष्ट र रामेश्वर बुर्लाकोटीलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

मोहन निरौला लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा हुनुनुहन्छ । निरौला परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष, जनचेतना नेपालका सल्लाहकार, नेपाल चलचित्र कलाकार संघका पुर्व महासचिव हुनुहुन्छ भने उहाँ चलचित्र लेखन, निर्देशन, अभिनय र समाजसेमा सकृय हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार