काठमाडौं,
असार ६ ।
निशु ढकालको स्वरमा रहेको गीत ‘बर्षदिन भयो परदेश गाको…’ सार्वजनिक भएको छ । नवीन के तिमिल्सिनाको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
नवीनले नै निर्देशन तथा सम्पादन गरेको गीतको भिडियोमा स्मारिका र किशोरले अभिनय गरेका छन् । सुनिल शाहीको छायाँकन रहेको भिडियोमा वैदेशिक रोजगारीको पीडालाई व्यक्त गरिएको छ ।






