काठमाडौं,
असार ४ ।
राजेश पायल राईको स्वरमा रहेको गीत दिक्तेल बजार दुई सार्वजनिक भएको छ । गीत दिक्तेल बजारको अर्को भागको रुपमा यो दिक्तेल बजार २ गीत निकालिएको हो ।
दिक्तेल बजार १ मा शब्द र सङ्गीत डी.आर.अटु कै थियो । यसमा भने शब्द प्रेम प्रसाद भट्टराईको रहेको छ भने सङ्गीत डी.आर.अटुको रहेको छ । गीतमा खोटाङ जिल्लाको विभिन्न पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ ।
डी.आर.अटुले गुडी जाने रेल, चौबन्दी चोलिले, दिक्तेल बजार, माथी माथी हिमाली भेगमा, स्कुले जीवन, हिडिजाने बटुवा, एक्ले वर, माया हजुर, सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरु दिईसकेका छन ।






