काठमाडौं,
जेठ २२ ।
देशनरेश अधिकारी र दीपा पुरीको स्वर रहेको ‘फेसबुकले रुवायो’ बोलको गीत सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
देशनरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोको निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ । नरेक आयरको छायाँकन रहेको सो गीतको भिडियोमा सञ्जु चौधरीको कोरीयोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।
https://youtu.be/eDxF6WJdlkk
सामाजिक सञ्जाल फेसबुकलाई विषयवस्तु बनाइएको गीतको भिडियोमा करिष्मा ढकाल, ईश्वर फुयाँल र शैलेस पहारीको अभिनय देख्न सकिन्छ । भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्मले गरको हो ।






