को बन्छ करोपतिमा ‘जात्रै जात्रा’

काठमाडौं,
वैशाख १९ ।

जेठ ३ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जात्रै जात्रा’को टिमले को बन्छ करोपति शोमा पुगेर हाजिरिजवाफ खेलेको छ । नायक दयाहाङ राई र विपिन कार्कीले हट सिटमा नायक राजेश हमालसँग खेलेका हुन् । उनीहरुले जितेको रकम भने खुलाइएको छैन ।

‘हामीले को बन्छ करोडपतिबाट जती रकम जितेका छौ, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्दैछौ ’, चलचित्रका निर्देशक प्रदिप भट्टराइले भने ।

स्वेताले अहिले सिन्धुपाल्चोकको माझी बस्तीमा बस्ती निर्माण गरिरहेकी छिन् । नायक राजेश हमालसँग बसेर हट सिटमा खेल खेल्दा रमाइलो र नयाँ अनुभुती भएको नायक दयाहाङ राइले बताए । यस्तै, अर्का नायक विपिन कार्कीले खेल खेल्न सहज नभएपनि रमाइलो भएको सुनाए ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिं बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसमा तपाइको मत

अन्य समाचार