काठमाडौं,
वैशाख ५ ।
भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि आज बिहीबार मतदान भइरहेको हो ।
निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवम् दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।







