काठमाडौं,
चैत्र १२ ।
सुवास केसीको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘आमा…’ सार्वजनिक भएको छ । सविन लिम्बुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रामजीत राउतको निर्देशन रहेको गीतको भिडियोमा मधु न्यौपाने, केसु गुरुङ, नवराज पाण्डे, जीत तामाङ र बालकलाकार ड्रिम दुलालको अभिनय रहेको छ ।
राम यादवको ड्रोन, अर्जुन सापकोटाको छायाँकन रहेको गीतको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन् ।






