नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको चित्रकला विभागको अन्तरक्रिया सम्पन्न

काठमाडौं,
माघ २२ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागले २०७५ माघ २१ गते सोमबार काठमाडौंको बबरमहल स्थित साप फल्चामा ‘नेपाल समसामायिक चित्रकला विकास तथा प्रवद्र्धन’ विषयक कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया गोष्ठी–२०७५ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरज्यू, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारज्यू, सदस्य–सचिव विपिन घिमिरेज्यू, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यज्यूहरु, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभासद्ज्यूहरु वरिष्ठ कलाकारज्यूहरु, समिक्षक, लेखक, पत्रकार आदिको उल्लेखिय उपस्थिति रहेको कार्यक्रमका सभापति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीज्यूले जानकारी गराउनु भयो ।

मुकेश मल्ल, डा.यम शर्मा र गणेश कुमार जी.सी. को प्रस्तुत कार्यपत्रलाई डा.जुनु बासुकला, एकाराम सिं र तिर्थ निरौलाले टिप्पणी गर्नु भएको छ । कार्यक्रममा कला विषयलाई लिएर अन्तरक्रिया हुनुको साथै यसको विकास तथा विस्तारमा भएको कमि कमजोरीलाई आगामि दिनहरुमा कसरी सच्याउने भन्ने विषयमा ध्यानाकर्षण गरिएको छ ।

आफ्नो अमूल्य समय दिनु भई कार्यक्रमलाई समर्पित गरी कार्यक्रम सफल बनाई दिनुहुने सम्पूर्ण सहभागी महानुभावहरुलाई धन्यवाद दिदैं आगामि दिनहरुमा यही सल्लाह सुझाव लिएर अघि बढ्ने र कलाकारहरुको कलालाई देश तथा विदेश सम्म पुर्याउने प्रतिबद्धताका साथ कार्यक्रमका सभापति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीज्यूले कार्यक्रम समापन गर्नु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार