न्यू इयर इभमा साङ्गीतिक कार्यक्रम हुने

काठमाडौं,
पौष १३ ।

अंग्रेजी नयाँ २०१९ को इभमा साङ्गीतिक कार्यक्रम हुने भएको छ । ३१ डिसेम्बर सोमबार बेलुकी एल्लो पगोडा होटल, जमलको माछापुछे« हलमा साङ्गीतिक कार्यक्रम हुने भएको हो ।

साङ्गीतिक कार्यक्रममा चर्चित गायक आनन्द कार्की, प्रश्ना शाक्य, डिजे निरज, डान्सर बिनु साक्यलगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

चन्द्रमोहन इन्टरटेनमेट्सले आयोजना गर्न लागेको ‘न्यू इयर इभ २०१९’ नाम दिइएको कार्यक्रममलाई बालेन्टाइन ह्विस्कीले मुख्य प्रयोजन गरेको छ ।

लाइन्स क्लब अफ काठमाडौं एमआईजीको सहकार्य हुन लागेको कार्यक्रममा करिब पाँच सय दर्शक सहभागी हुने प्रमुख आयोजक जेबी डिसी र ममता प्रधानले जानकारी दिएका छन् । साझँ ७ बजेबाट सुरु हुने कार्यक्रमा राति १२ बजेसम्म चल्ने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार