पल र सनिशाको अभिनयमा ‘सुनबुकी फूल’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ८ ।

पल शाह र सनिशा भट्टराईको अभिनय रहेको युगल गीत ‘सुनबुकी फूल’को भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार भिडियो सार्वजनिक गरिएको हो ।

मिलन नेवार र मार्मिक लामाको स्वर रहेको गीतमा राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भिडियोमा पल र सनिशासँगै कलाकार पुकार भट्टराईको अभिनय छ । नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई प्राथमिकता दिइएको भिडियोमा परम्परागत सांस्कृतिक परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोको छायांकन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन तथा कलर बिजेश पौडेलले गर्नुभएको छ । गरिमा फिल्म्सले निर्माण गरेको गीतको भिडियोले पल र सनिशाको अनस्क्रिन जोडीलाई पुनः दर्शकमाझ ल्याएको छ ।

यसमा तपाइको मत

अन्य समाचार