शारदीय काव्यमिलनमा देश जोड्ने कविता

काठमाडौं,
असोज २० ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘शारदीय काव्यमिलन-२०८३’ सम्पन्न भएको छ । नेपाली काव्य परम्परालाई निरन्तरता दिने तथा समकालीन काव्यिक चेतनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा देशका विभिन्न भूगोल, विचार र धाराको प्रतिनिधित्व गर्ने कविहरूले कविता वाचन गरे ।

कार्यक्रममा अमरदीप सुनुवार, अस्मिता वादी, ईश्वरा शिवा, उमेश अकिञ्चन, ज्योति जंगल, डोल्मा लामा, नारायण ढकाल, प्रकाश थाम्सुहाङ, प्रज्वल अधिकारी, फूलमान वल, भूपेन्द्र खड्का, भूमिका थारू, मणि लोहनी, मिमबहादुर परियार, रमन पौडेल, राजन मुकारुङ, रूपक अलंकार, रूपेश श्रेष्ठ, विनोदविक्रम केसी, विप्लव ढकाल, विश्व सिग्देल, सविता गौतम दाहाल, सुरज राना, सुरेश गाउँले, सोझो गाउँले र हाङयुग अज्ञातले कविता वाचन गर्नुभएको थियो ।

वाचित कवितामा सामाजिक यथार्थ, सीमान्तकृत समुदायका आवाज, देशप्रेम, मानवीय संवेदना तथा समसामयिक राजनीतिक–सामाजिक विसंगतिका विषय मुखरित भएका थिए ।

कार्यक्रममा वरिष्ठ कवि श्रवण मुकारुङले विशेष मन्तव्यसहित कविता वाचन गर्दै नेपाली कविताको ऐतिहासिक निरन्तरता र सामाजिक उत्तरदायित्वबारे धारणा राख्नुभयो । कविता सिर्जनाले समाजलाई निरन्तर सचेत र जीवन्त बनाइराख्ने उहाँको भनाइ थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)सहित साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार