‘म्युजिक जात्रा-ख्वपः’ हुँदै

काठमाडौं,
असोज १५ ।

भक्तपुरमा च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा-ख्वपः’ आयोजना हुने भएको छ । बुधबार क्लब बागमतीमा पत्रकार सम्मेलन गरी मंसिर १२ मा भक्तपुरको सल्लाघारी मैदानमा सांगीतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा कुमा सागर एन्ड द ख्वपः ब्यान्ड रहेको छ ।

कुमा सागरले भक्तपुरमा पहिलो पटक प्रस्तुति दिन लाग्नुभएको हो । कुमा सागरसँगै कार्यक्रममा मुक्ति एन्ड रिभाइभल र निभाः डंगोल एन्ड चबाही दबुले प्रस्तुति दिनुहुनेछ ।

लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् । म्युजिक जात्रा-ख्वपःको मुख्य प्रायोजकको रुपमा एक्सट्रीम एनर्जी ड्रिंक रहेको छ । कार्यक्रम हेर्न दर्शकले एक्सट्रिम एनर्जी ड्रिंकको खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ) लाई प्रदान गरिनेछ । यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार