सागर अन्सारी ‘आयो २१ तोप’ निर्माणको तयारीमा

काठमाडौं,
असोज ५ ।

मोफसलमा रहेर पनि खलपात्रका रूपमा लोकप्रियता हासिल गर्नुभएका कलाकार सागर अन्सारी यतिबेला ५० एपिसोडको चेतनामूलक सिरियल ‘आयो २१ तोप’ निर्माणको तयारीमा जुटनुभएको छ ।

गोरखाका विभिन्न स्थानमा आगामी सातादेखि छायांकन सुरु हुने सिरियलको निर्माण अनिता कुमाल अन्सारी ‘सलमा’ले गर्न लाग्नुभएको हो । सिरियलको निर्देशन लक्ष्मण नेपालले गर्दै हुनुहुन्छ ।

‘आयो २१ तोप’मा सागर अन्सारीसँगै मन्जर अन्सारी, सोनिया दर्नाल, सन्देश श्रेष्ठ, कविर अन्सारी, तब्ब्रेज अन्सारी, लक्ष्मण नेपाल लगायतका कलाकारको अभिनय रहनेछ ।

सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको सिरियलमा मनोरञ्जनसँगै दर्शकलाई चेतनामूलक सन्देश दिने उद्देश्य राखिएको निर्माण पक्षले जनाएको छ । ५० एपिसोडमा निर्माण हुने सिरियलको छायांकन गोरखाका विभिन्न स्थानमा गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार