‘भगवान्’को विशेष शो

काठमाडौं,
असोज ४ ।

सामना फिल्मस् र त्रिसना फिल्मस् प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘भगवान्’ को विशेष शो शनिबार काठमाडौंमा सम्पन्न भएको छ । चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डको सभाहलमा विशेष शो आयोजना गरिएको हो ।

लिलबहादुर घर्तीमगर ‘विनोद’को निर्देशन रहेको चलचित्रमा योगेश लामा, उदय सुब्बा, सुरबीर पण्डित, कविता देवी राई, रश्मि राई, अनिता राई, विनोद मगर, विजय इङनाम, सरोज काम्बाङ, समिता लिम्बु, समिता राउत, खेममाया लिम्बु, मनोज राई, निर्भाण राई, धनकुमारी राई लगायतका कलाकारको अभिनय रहेको छ ।

नेपाली समाजमा सदियौंदेखि रहँदै आएको सौता प्रथालाई मुख्य विषयवस्तु बनाइएको चलचित्र ‘भगवान्’को छायांकन केशव अधिकारीले गर्नुभएको हो । चलचित्रका निर्मातामा कविता देवी राई, रश्मि राई, मनोज राई र केशव अधिकारी ‘खत्री’ रहनुभएको छ ।

सामाजिक विषयवस्तुलाई कथाको केन्द्रमा राखिएको चलचित्रले नेपाली समाजमा विद्यमान पारिवारिक तथा सामाजिक समस्यालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार